होमपेज / समाज

विकट मानिएको वस्ती बामेमा वस पुगे पछि स्थानीय खुसी

नेपाल गाथा २०७६ जेठ २९ गते बुधबार ११:५९:३२ मा प्रकाशित

दुर्गा वि.सी., सल्याान। सल्यानको बामेमा  पहिलोपटक वस पुगेको छ । बनगाड कुपिण्डेको वडा २ बामेमा वस पुगे पछि स्थानीयले वाजागाजा सहित वसलाई स्वागत गरेका छन् । औलवेसि,भिरपाटि डाँडागाउँ हुदै हुदै वाहुन गाउँ सडकको बनगाड नगर नगर प्रमुख तथा नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले उद्घाटन गर्नु भएको छ । केहि वर्ष अघि ट्रयाक खोलिए पनि सडकको स्तरवृद्धि नहुदाँ जिप समेत राम्रोसँग चल्न सकिरहेका थिएनन् । नगरको १० लाख वजेटले स्तरवृद्धिको थप काम भए खास बामेमा वस पुगेको छ । नगरको केन्द्र देखि ३ नम्बर वडा औलवेसि सम्म मात्रै यातायातका साधान सञ्चालन हुने गरेका थिए । अव ६ किलोमिटर स्थानमा सडक सुधारसँगै निर्वाध रुपमा गाडि सञ्चालनमा आउने भएका छन् । बाटो उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पुनले बाटो उद्घाटन कार्यक्रम स्थानमा स्थानीय चुनावमा उक्त गाउँमा सडक पु¥याउने वाचा गर्नु भएको थियो । तर जनतासँग वोलेको वाचा २ वर्षमै पुरा भएको आज सोहि स्थानबाट उद्घोष गर्नु भएको छ । बामे जाने सडक स्तरउन्नतीको कामसँगै चरम खानेपानी समस्या,शिक्षा,स्वास्थ्य सुविधा र कृषि क्षेत्रमा आफुले बाँकी कार्यकालमा अधुरा काम गर्ने जनाउनु भएको छ । सल्यानको विकट मानिएको वस्तीमा वस पुगेको छ भने अझै अन्य कामहरु गर्न बाँकी रहेको जनाएको छ । गाउँमा वस पुगे पछि स्थानीय खुसीले हर्षित भएका छन् भने सधै सडकमा गाडि चल्ने गरि सडक स्तरवृद्धिको काम गरिदिन माग गरेका छन् । बामेको औलवेसि देखि बामे सम्मको लागि ६ किमी बाटोमा ४२ लाख ७० हजार वजेट खर्च भईसकेको सडक निर्माण समितीका अध्यक्ष केसर खत्रीले वताउँनु भएको छ । सडक उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी नगर उप प्रमुख मञ्जु यरी,नेकपाका नेता धन वहादुर पुन,किर्तीवहादुर राना,शिक्षक महासंघ कर्णालि प्रदेशका उपाध्यक्ष अकबर पुन,दुर्गा वुढाथोकि,चन्द्रीका पुन लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । साथै उक्त कार्यक्रमा नेपाली काँग्रेस लाहाघाटका युवा नेता जीवन रानाले नेकपा प्रवेस गरेका छन् । नेपाली काँग्रेसको नेतृत्व कर्ता राना नेकपा प्रवेश गरे पछि लाहाघाटमा वलियो मानिएको काँग्रेस संकटमा पर्ने भएको छ ।  रानालाई नेकपा जिल्ला अध्यक्ष पुनले पार्टि प्रवेश गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top