होमपेज / समाज

हुम्लाकी सरगम रावत युवा प्रधानमन्त्री

नमुना युवा संसद अभ्यास

नेपाल गाथा २०७६ जेठ २९ गते बुधबार ११:१०:२३ मा प्रकाशित

चन्द्रा कंडेल, सुर्खेत । कर्णाली प्रदेशका युवाले मंगलबार वीरेन्द्रनगर सुर्खेतमा  प्रदेश स्तरीय नमुना युवा संसद स्थापना र अभ्यास गरेका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाबाट छनोट भएर आएका ३४ जना युवाले संघीय युवा संसद् सञ्चालन गरेका हुन्।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को आयोजनामा नमूना युवा संसद् सञ्चालन भएको हो । नमूना युवा संसद्भित्र युवा सांसद्हरुले आइटी पार्क, स्थानीय तहको नीति निर्माण गर्दा युवा सहभागितालाई ख्याल नगरिएको कुरा, विजुलीमा हुने लोडसेडिङलगायतका विषयवस्तु उठान् गरेका थिए ।


नमूना युवा सरकारका मन्त्री तथा सत्तापक्षका सांसद्हरु १० वटै जिल्लाकै युवाहरुको सहभागिता भएको थियो ।
नमूना युवा संसदमा हुम्लाकी सरगम रावत प्रधानमन्त्रीको भुमिकामा रहेकी थिइन् । श्रम तथा रोजगार मन्त्री सुर्खेतका युवराज पंगाली, युवा तथा खेलकुद मन्त्री दैलेखका लक्ष्मीप्रसाद पौडेल, शिक्षा मन्त्री सुर्खेतकी रचना सुनार रहेकी थिइन् ।
यसैगरी स्वास्थ्यमन्त्रीमा जुम्लाका गोविन्दराज शाही र कृषि तथा सहकारी मन्त्री जाजरकोटकी सविता शाही रहेकी थिइन् । प्रमुख प्रतिपक्षी दलको नेता सुर्खेतका देवराज हमाल र सभामुखको भूमिकामा रुकुम पश्चिमका विशाल विष्टले जिम्मेवारी निर्वाह गरेका थिए ।
कार्यक्रमको अवलोकन कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, कर्णाली सरकारका सामाजिक विकास मन्त्री दल रावल, राष्ट्रिय युवा परिषद्का कार्यकारी अध्यक्ष माधव ढुङ्गेल तथा नेकपा सुर्खेतका जिल्ला सदस्यहरु पुर्णप्रसाद पौड्याल र कुलमणी देवकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top