होमपेज / समाज

प्रदेश सरकारका कारै कार

नेपाल गाथा २०७६ जेठ २८ गते मंगलबार १७:२८:०६ मा प्रकाशित

सुर्खेत । विकास बजेटबाट सरकारले गाडी खरिद गरेकोमा विरोध जनाउँदै साझा विवेकशील पार्टीले कर्णाली प्रदेश सरकारलाई खेलौना कार ‘उपहार’ दिएको छ । मंगलबार उक्त पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमार्फत् प्रदेश सरकारलाई खेलौना कार उपहार दिउका हुन्।

साझा विवेकशीलले विकास बजेट खर्च नगरी रकमान्तरित रकमबाट कर्णाली प्रदेशले ५४ गाडी खरिद गर्नु दुर्भाग्य भएको जनाएको छ। बजेट खर्चमा ध्यान नदिई विलासी जीवन रोजेकोमा कर्णाली प्रदेश सरकारलाई कार उपहार दिइएको नेता दाहालले बताए।

दाहालले आगामी वर्षको बजेटमा कर्णालीमा जनशक्ति अभाव, साना तथा मझौला उद्योगको उत्पादन क्षमता वृद्धि लगायतका समस्या समाधान बजेटले गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top