होमपेज / समाज

सांसद शाहीले विकासका लहर ल्याए

इच्छा शक्ति भयाे भने विकास टाढा छैन

नेपाल गाथा २०७६ जेठ २७ गते सोमबार १८:१५:१७ मा प्रकाशित

सुर्खेत । सुर्खेत जिल्ला क्षेत्र न. १ का माननीय सांसद तथा जिल्ला अध्यक्ष धुरब कुमार शाही आफ्नो पालामा सुर्खेत जिल्लालाई समृद्द बनाउन अग्रसर भएर अगाडी बढेका छन् ।

प्रतिनिधि सभाको चुनावमा भारिमतले विजय भएका सांसद शाहीले सुर्खेती जनतामा विकासको लहर पुर्याउने र आफ्नै कार्यकालमा सुर्खेत जिल्लालाई विकासमुखी बनाउने तत्परता जारि गरेका छन् ।

प्रतिनिधि सभाको चुनावमा शाहीले नेपालि कांग्रेसका सांसद तथा पूर्व गृहमन्त्री पूर्ण बहादुर खड्कालाई पराजित गरि आफ्नो जित हासिल गरेका हुन्।

करिब २६ वर्ष सम्म सुर्खेतमा नेपालि कांग्रेसले एकलौटी सत्ता संचालन गर्दै आएको थियो। , लामो समय सम्म पनि सुर्खेतमा भनेजस्तो विकास नहुनुले जनतामा नैरास्यता उत्पन्न भएको थियो।

अब भने जनताले भनेजस्तो सांसद पाएको र जिल्लामा विकासको अपेक्षा गरेको प्रतिक्रिया दिएका छन्। हिजोको दिनमा स्थानिय जनता सदरमुकाममा पुग्दा सानो काम गर्नलाई पनि पार्टीको मान्छे हुनुपर्ने समेत थियो ।

जसले गर्दा ठुला भनाउदाको राज चल्ने गरेको थियो , संघिय गणतन्त्र र लोकतान्त्रिकमा अब भने बल्ल जनताले बिहानी देखेको महसुस गरेका हुन्।

शाहीलाई कार्यकाल र क्षमाताको मुल्यांकन गर्दै अहिले पार्टीले जिलाको अध्यक्ष जस्तो गरिमामय र जिम्मेवारी पद हस्तातरण गरेको छ।

विकास र परिवर्तन गर्न आफुबाटै सुरुवात गर्नेपर्छ भन्दै शाहीले २०७६ को आवको बजेट प्रस्तुत भएपछि सुर्खेतमा विकासको लहर ल्याएको देखिन्छ ।

यो विकास र बजेट सुर्खेत जिल्लामा ईतिहासमा पहिलोपटक सांसद धुरब कुमार शाहीले ल्याएका हुन् ।

यस्ता छन् विकासका योजना ,

– साटाखानीमा १ हजार बिगाहा क्षेत्रफलमा औधोगिक क्षेत्रको कार्य संचालन गर्न स्वीकृत जसबाट हजारौलाई रोजगार उपलब्धि गराउन सकिने,, 
– कोहोलपुर देखि सुर्खेत सम्म झन्डै ९ अर्बको फ़ोर्ल्याण्ड बाटो निर्माणको लागि बजेट स्वीकृत ,,
– भेरिगंगा नगरपालिकाको शांदी खोलामा एयर्पोर्ट निर्माण कार्य स्वीकृत ,,
– भेरी बबई डाईभर्सन मार्फत लिफ्ट तथा सिचाई योजना जसबाट खेतीयोग्य जमिनलाई सिचाई गर्नपुग्ने ,,
– सिम्ता गाँउपालिकाको एक घरपनि नछुट्ने गरि २३ करोडको बिजुली उपलब्ध बजेट स्वीकृत,,
– चिङ्गाडमा बिजुली बत्ति उपलब्ध गराउन २६  करोडको बजेट स्वीकृत ,
– साविकको लेखपराजुलमा सामुदायिक विधुतिय सेवा उपलब्ध गरौन करोडको बजेट स्वीकृत ,
– छिन्चुमा बहुमुल्य पत्थरको उधोग उत्खनन कार्य प्रारम्भ सुरु ,
– भेडाबारी बाट धुलियाबिट मदन भण्डारी राजमार्ग कार्य सुरुगर्न बजेट स्वीकृत ,,

प्रतिक्रिया

सम्बन्धित खवर

Top