होमपेज / समाज

बिरामी भएको बच्चालाई पोषिला खाने कुराले मद्दत गर्छ - डा.शाही

नेपाल गाथा २०७६ जेठ २७ गते सोमबार १७:३५:११ मा प्रकाशित

चन्द्रा कडेल, सुर्खेत। केन्द्रीय कारागार अस्पताल सुनधारा काठमान्डाँैमा कार्यरत डा. प्रेङका शाहीले बिरामी भएको बच्चा कमजोर हुने हुनाले थप पोषिलो खाने कुरा नियमित खुवाउनु पर्ने बताउनु भएको छ । नेपालगाथा अनलाईन पत्रिकासँग कुरा गर्दै डा.शाहीले बिरामी तथा तंग्रिदै गरेको बच्चालाई साविक भन्दा बढी पोषिला खाने कुरा खान दिनुपर्ने बताउनु भयो ।


बिरामी तथा तग्रिदै गरेको बच्चालाई झोलिलो खाने कुरा, फलफूल तथा पोषिला खाने कुरा खान दिनुपर्ने उहाँको भनाई छ । बिरामी बच्चाले सजिलै खाना खान नमान्ने भएकाले उसलाई ललाई फकाई गरेर खान मन पराउने स्वादका पोषिला खानेकुराहरु खुवाउने बानीको विकास गर्नुपर्नेमा डा.शाहीको जोड रहेको छ ।
बिरामी बच्चाको सक्रिय खुवाई तथा हेरचाहमा परिवारका सदस्यहरुले पनि विशेष ध्यान दिनुपर्ने डा.शाहीको भनाई छ ।
जन्मेदेखि ६ महिना उमेर सम्मको बिरामी बच्चालाई नियमित स्तनपान गराउनु पर्नेमा समेत डा. शाहीको सुझाव छ ।
नियमित स्तनपानले बच्चालाई रोग विरुद्ध लड्ने क्षमता बढ्ने र तौल घट्नबाट समेत जोगाउन सकिन्छ उहाँले भन्नुभयो । यदि बच्चा दुध चुस्न नसक्ने कमजोर अवस्थाको छ भने दुधलाई सफा भाडोमा निचोरेर पनि खुवाउन सकिन्छ । डा. शाहीका अनुसार आमा बिरामी परेको खण्डमा पनि उनले आफ्नो बच्चालाई लगातार दुध खुवाई रहन पर्दछ ।
यसैगरी ६ महिनादेखि २४ महिनासम्मका बालबालीका बिरामी परेमा तरल पदार्थ र खाने कुराको आवश्यकता झन् बढी हुने डा.शाहीको भनाई रहेको छ । बिरामी अवस्थाबाट छिटो निको बनाएर स्वस्थ अवस्थामा ल्याउनका साथै बच्चाको घटेको तौल पुनः प्राप्त गर्नको लागि लगातार स्तनपान गराउनुपर्ने उहाँको भनाई छ । यसका साथै पटक पटक पोषिलो खाना खुवाई रहन अतिनै महत्वपूर्ण हुने गर्दछ ।
बच्चा निको भएपछि पनि दुई हप्तासम्म बच्चाले भोक नदेखाए पनि साविक भन्दा थप एक पटक खाना खुवाउनुपर्ने डा.शाहीको सुझाव रहेको छ । यदि बच्चालाई झाडापखाला लागेको समयमा पुर्नजलीय झोलका साथै जिङ्क चक्की १० दिनसम्म खुवाउनु पर्दछ । जसले गर्दा रोगसँग लड्ने क्षमता बढाउछ । यसका साथै पखालाको दरमा कमी ल्याई छिटो निको हुन्छ । बच्चालाई सिकिस्त हुनबाट बचाई मृत्यदरमा समेत कमी आउने डा. शाहीले जानकारी दिनुभयो ।
दुई महिनादेखि ६ महिनासम्म दिनमा आधा चक्की एक पटक १० दिनसम्म लगातार खुवाउन सकिन्छ । यसैगरी ६ महिनादेखि ५ वर्षसम्म दिनमा एक चक्की १ पटक १० दिनसम्म लगातार खुवाउन सकिन्छ ।
जिङ्क चक्की खुवाउने तरिका ः
-  एउटा चम्चामा अलिकति पानी (शुद्धिकरण गरिएको उमालेर वा अन्य कुनै विधि) लिने र त्यसमा उमेर अनुसारको जिङ्क चक्कीको मात्रा राख्ने
-   चक्कीलाई केहिबेर घुल्न दिने
-   तयार गरिएको औषधिलाई खुवाउने
-   ६ महिना पुरा नभएको बच्चालाई आमाको दुधमा जिङ्क चक्कि घोलेर खुवाउने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top