होमपेज / समाज

सिम्ता गाउँपालिकाको पुर्व वजेट छलफलसँगै नीति तथा कार्यक्रम सार्वजनिक

नेपाल गाथा २०७६ जेठ २७ गते सोमबार १३:०२:३० मा प्रकाशित

दुर्गा वि.सी.,सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले नीति कार्यक्रम तथा वजेटको पुर्व छलफल कार्यक्रम गरेको छ । सिम्ता गाउँपालिकाले सरोकारवाला निकाय,जनप्रतिनीधि, विषगत शाखा,राजनैतकि दलहरुसँग आगमी बजेटका विषयमा सुझाव मागेको छ । उक्त सुझावहरु संकलन गरेर कार्यक्रम मार्फत समेटिने जनाएको छ ।

नीति तथा छलफल कार्यक्रममा सहभागिले शैक्षिक गुणस्तर,स्वास्थ्य, खानेपानी,उज्यालो सिम्ता,वन अतिक्रमण,वहुविवाह,वालविवाह,दीर्घकालिन योजना,गौरवका मुख्य योजना,चक्रपथ र दुर्तमार्ग जस्ता कुरालाई अघि सार्न विशेष योजना बनार्इ काम गर्न सुझाव दिएको छ । सिम्तामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधीहरुले महत्वपुर्ण सुझाव राखेका थिए ।

विशेष गरि सम्वृद्ध सिम्ता सुखी सिम्ताली भन्ने मुल मन्त्रलाई अघि सारि काम गर्ने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले जानकारि दिनु भएको थियो । कृर्षि,वन,पर्यटन,सडक सञ्जालको स्तरवृद्धि,विद्यालयमा शैक्षिक सुधार र स्वास्थ्यको सर्वशुलभतालाई बढी प्राथामिकीकरण गर्ने जनाएको छ । विषगत शाखा,जनप्रतिनिधि, व्यापारी, शिक्षक, स्थानीय वुद्धिजिवी, वौद्धिक तप्काका व्यक्तिहरुले निक्कै महत्वपुर्ण सुझावहरु दिएका थिए ।

उक्त सवै माझबाट आएका सुझावलाई आत्मासाथ गर्ने अध्यक्ष के.सीको भनाई छ । सिम्ता गाउँपालिका यिनै पेरिफेरीमा केन्द्रीत रहेर काम गरिरहेको र अव झन आगमी वाँकी योजनाहरु व्यवस्थित तवरले अघि वढ्ने वताएको छ । नयाँ काम भन्दा पुरानै कामलाई प्राथामीकतामा राखेको छ । सवै अधुरा कामलाई बाँकी कार्यकाल भित्र पुरा गर्ने समेत जनाएको छ ।

साथै आफ्न सहयात्रीहरुलाई राम्रोसँग स्थानीय स्तरमा अति जरुर तथा आवश्यक कामलाई महत्व दिएर योजना छनौटन गर्न समेत अनुरोध गरिएको छ । वस्ती तथा टोलटोलमा योजना छनौट गर्दा जनप्रतिनीधीहरुले विवेकता दिएर काम गर्न जनाएको छ । गाउँपालिका सफल पार्न र सिम्ताको विकासमा टेवा पुर्याउन एउटाले मात्रै गरेर पुग्दैन । सवैको खाँचो जरुर रहेको जनाएको छ ।

डुङ्गा तरे सवै पारि जाने हो यदि डुङ्गा डुव्य सवै डुव्ने भएकोले राम्रोसँग जनताको जवाफदेहीता र पार्दशिता प्रति सजग रहन गाउँपालिका अध्यक्ष के.सीले अपिल समेत गर्नु भएको छ । कनिका छरे झै वजेट छनौट नगर्न र जनतालाई प्रत्यक्ष लाभाविन्त हुने योजना ल्याउन माग गरिएको छ । महिला सञ्जाल,अपांगता,युवा र अन्य सवैको उपस्थिती रहेको थियो । वजेटको पुर्व छलफल कार्यक्रममा सवैको उल्लेख्य प्रतिनीधीत्व रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top