होमपेज / समाज

अण्डा स्वास्थ्यका लागि फाइदाजनक

नेपाल गाथा २०७६ जेठ २६ गते आइतबार १५:१८:०१ मा प्रकाशित

सुर्खेत। अण्डा, प्रायजसो सबै मांसाहारी मानिसका लागि मन पर्ने चिज हो । यो स्वास्थ्यका लागि पनि फाइदाजनक हुने गर्छ । अण्डा बच्चादेखि वृद्धसम्मका लागि महत्वपूर्ण खानेकुरा हो । किनभने यसले बच्चाको मानसिक र शारीरिक वृद्धि विकासका लागि मद्दत गर्दछ । अण्डामा प्रोटिन, चिल्लो पदार्थ, आइरन, भिटामिन ‘ए’ जस्ता पोषक तत्वहरु भरपुर मात्रामा पाइन्छन् ।
मूल्यका हिसाबले समेत सस्तो पर्ने हुँदा अण्डा प्राय सबैको पहँुचमा हुने गर्दछ । पौष्टिकताको आधारमा अन्य खानाको तुलनामा अण्डा सबै भन्दा सस्तो खाना पनि हो । त्यसैले बच्चा, गर्भवती र दुध खुवाईरहेकी आमाले नियमित अण्डा खाने गरेमा आमा र बच्चा दुवैका लागि मद्दत गर्दछ । त्यसैगरी बच्चा छ महिना पुगेपछि नियमित अण्डा खुवाउनु पर्दछ । अण्डा गाउँ घर र स्थानीय बजारमा पनि सजिलै पाउन सकिन्छ ।
पजारु ‘क’ स्वास्थ्य चौकी जाजरकोटका इन्चार्ज इन्द्र पोखरेलले गर्भवती महिलाले अन्य समयको भन्दा अलि बढि नै अण्डा खानुपर्ने बताउनु भएको छ । स्वास्थ्य सम्बन्धीका कुरा गर्दै इन्चार्ज पोखरेलले अण्डामा प्रोटिन पाइने भएकाले यसले आमा र बच्चा दुवैलाई फाइदा गर्ने बताउनुभयो । कतिपय सुत्केरी आमाले गरिबी, अभाव र अशिक्षाको कारण पोषिलो खानेकुरा नखादा यसको प्रभाव बालबालिकाको शारीरिक र मानसिक बृद्धि र विकासमा पर्ने उहाँको भनाई छ ।
पोखरेलका अनुसार अण्डा अरु भन्दा सस्तो मूल्यमा पाईनुका साथै राम्रो, सुलभ अनि प्रोटिनयुक्त हुने भएकाले गर्भवती अथवा सुत्केरी महिलाले दैनिक अण्डा खानु राम्रो मानिन्छ ।   
अण्डा खाएमा जण्डीस हुन्छ, कुबत पर्छ, बोल्न सक्दैन, बच्चा लाटो हुन्छ, जस्ता धारणा गलत भएको भन्दै पोखरेले गर्भवतीले खान मिल्नेसम्मका सबै खानेकुरा खान सकिने बताउनुभयो ।
गर्भवती महिलाले हरेक दिन पशुजन्य खानेकुरा खानुपर्नेमा समेत पोखरेले जोड दिनुभयो । गर्भवती आमाको राम्रो स्वास्थ्य र गर्भमा रहेको बच्चाको विकासका लागि दुध, दही, माछा, मासु र अण्डा नियमित खानुपर्ने पोखरेलको सुझाव रहेको छ ।
पोखरेले माछामासु दैनिक खुवाउन सम्भव नभए पनि अण्डा सस्तो मूल्यमा पाउन सकिने र प्रशस्त प्रोटिन पाउन सकिने भएकाले दैनिक रुपमा अण्डा खाँदा राम्रो हुने बताउनुभयो ।
अण्डा आफ्नो घरमा उत्पादन नभएको अवस्थामा छरछिमेकबाट किनेर पनि खान सकिने पोखरेलको भनाइ छ । स्थानीयस्तरमा आफुले उत्पादन गरेको अण्डालाई बजारमा बेच्दा आर्थिक आर्जन हुनुका साथै खानका लागि समेत सहजै घरमै अण्डा उत्पादन हुने हुँदा त्यसबाट लाभ लिन सकिने उहाँले बताउनु भयाे

प्रतिक्रिया

सम्बन्धित खवर

Top