होमपेज / समाज

चौघान पार्क निर्माणको लागि डिजार्इन तयार

नेपाल गाथा २०७६ बैशाख ३० गते सोमबार १७:५६:३४ मा प्रकाशित

कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा चौघान पार्क निर्माणको लागि डिजार्इन तयार भएको छ। वीरेन्द्रगरको सामाजिक विकास मन्त्रालयको पछाडिको रहेको खाली जमिनमा पार्क निर्माण गर्न लागिएको हो। वीरेन्द्रनगरलार्इ सुन्दर र रमणिय बनाउनको लागी चौघानपार्क निर्माण गर्न लागिएको सुर्खेत उपत्यका नगर विकास समितिले जनाएको छ। नगर विकास समितले आज बीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर चौघान पार्क निर्माण सम्बन्धि सुझाँब संकलन गरेको छ।

सुझाँव संकलन कार्यक्रमका सहभागीले चौघान निर्माणले सुर्खेतको पहिचान झल्लकाउने खाल्को पार्क निर्माण गर्न सुझाँब दिएका छन। उनिहरुले पार्क भित्र स्थानिय भेषभुषा झल्कने खाल्का साम्रागीहरुलार्इ राख्र आग्रह गरेका छन। कार्यक्रममा आरके टेक्चर र्इन्जिनियर पल्लबी सिहँले तयार पारिएको गुरुयोजनाको डिजार्इन सार्वजनिक गरिएको छ। उहाँले निर्माण गरेको डिजानर्इनमा पार्क भित्र,केटा केटीदेखि बृद्दबृदा सम्मको लागि मनोरन्जनका विभिन्न सामग्रीहरु समेत राखिएको छ। पार्क निर्माको लागि झन्डै २० करोड ८० लाख रकम लागत लाग्ने अनुमान गरिएको र्इन्जिनियर सिहँले जानकारी दिनुभयो।

उहाँले सरकारी कार्यलयको नजिक पार्क निर्माण गर्न लागिएकाले त्यहाँ प्रतिक्षा स्थलको रुपमा समेत परिचित हुने बताउनुभयो। कार्यक्रममा वीरेन्द्रनगर नगरापालिका प्रमुख देवकुमार सुबेदीले वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजना भित्र नै चौघान पार्क पनि पर्ने भएकाले यसको विकास गरिने बताउनुभयो। उहाँले चौघान पार्क नेपालमै नमुना पार्क बन्ने भन्दै यसमा सबैको साथको आबश्यक रहेको उल्लेख गर्नुभुयो।बार्इट १ प्रमुख सुबेदीले बजेटका हिसाबले चौघान पार्क निर्माण गर्न धेरै ठुलो समस्या नभएको भन्दै अहिले डिजार्इन अनुसार काम थालिने बताउनुभयो।

कार्यक्रममा उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कुमार कोर्इरालाले सर्खेतको बजारलार्इ पहिले चौघान भनिने भएकाले त्यसको पहिचानका लागि पनि यसको नाम चौघान पार्क राख्रन लागिएको बताउनुभयो। उहाँले पार्क निर्माण बनाउने स्थलमा प्रदेश सरकार भवन निर्माणका संरचना बनाउने निर्णय गरेको भन्दै त्यो मान्ने नहुने बताउनुभयो। अध्यक्ष कोर्इरालाले उपत्यका नगर विकास समिति अवको केही दिनमा नगरपालिका मातहतमा रहने भएकाले नगरपालिकालार्इ छिटै डिपियार तयार पारेर काम थाल्न आग्रह गर्नुभयो।

कार्यक्रममा सुर्खेत उधोग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णाली प्रदेशका विभिन्न खाल्का चिनाहरु राखेर काम थाल्नु पर्नेमाजोड दिनुभयो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्ष विभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top