होमपेज / समाज

सरावलमा बाँदरले आतङ्क मच्चाए स्थानीवासीलार्इ समस्या

नेपाल गाथा २०७६ बैशाख ३० गते सोमबार १६:४३:२९ मा प्रकाशित

संजय कुशवाहा/ नवलपरासी। सरावल गाउँपालिका वडा नं.३ सरावलमा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी आतङ्कित बनेका समाजसेवी बिनाेद पाण्डेले बताउनुभएकाे छ । बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा खेतमा लगाएको बालीनाली र रुखका फलफुल मात्रै होइन घरमा पकाएको खाना र बजारबाट किनेर ल्याएका सामान समेत बाँदरले लान थालेपछि स्थानीय बासिन्दा त्रसित छन् ।

बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने गरी दुःख दिन थालेपछि करेसाबारी तथा तरकारी खेती गर्न गार्‍हो भएको कृषक राजेन्द्र बि.क. ले बताउनुभएकाे छ । यहाँका स्थानीयले बाँदरका कारण खेत बाँझै छाडेका छन् । खेतमा लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि विगत सात अाठ वर्षदेखि करेसाबारी तथा तरकारी खेती नगरी बाँझै छाडिएको छ । बाँदरले खेतमा लगाएको बालीनालीदेखि गाउँपालिका काेठाकाे झ्यालकाे सिसा फुटाल्ने ,छतमाथि बसिरहने तथा स्थानीय बासिन्दाकाे घरकाे छतमा गएर समान हल्लाउने बिगार्ने गरेको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनुभयो । चाैधरीले भन्नू हुन्छ गाउँपालिकाबाट बादर धपाउन पटाका पट्काउने गेरेका छम।

खेतमा लगाएको बालीनाली मात्रै नभएर फलफुल तथा सुकाएकाे समान लग्ने गरेको स्थानीबासी बेचइ दुसादले बताउनुभयो । वहाँकाे भनाइ अनुसार केही समान सुकाउदा या तरकारी खेती गर्दा‘घरको एकजना मान्छे दिनभरि बाँदरका लागि कुरुवा बस्नुपरेको छ ।’ यो मौसममा हजारौंको अाप लिच्चि फल्ने यी क्षेत्रमा अहिले अाप लिच्चि पाउन गार्‍हो भएको स्थानीयवासीले बताएका छन् । बाँदर आतङ्क रोक्न गाउँपालिका तथा वडा नं. ३ ले खासै पहल नगरेको स्थानीय बासिन्दा बताए ।

सरावल वडा नं. ३ सरावलमा बाँदर आतङ्कलाई पहिलो प्रकोपको रूपमा लिइएको छ । लगभग २५/३० काे संख्यामा रहेको बाँदरहरु महिलाबाट नडराउने झम्टन खाेज्ने र कसै कसैलाई पिट्ने पनि गरेकाे र गुलेलि तथा पटाकाबाट मात्र डराउने गरेको स्थानीय बासि रेशमा बि.क ले बताउनुभएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top