होमपेज / समाज

सुर्खेतको सिम्तामा पढाई कुना देखि घुम्ती कक्षा सञ्चालन

नेपाल गाथा २०७६ बैशाख २९ गते आइतबार १२:०१:१८ मा प्रकाशित

दुर्गा वि.सी. सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा प्राम्भिक कक्षा सुधारका लागी पढाई कुना कार्यक्रम सञ्चालन भएको छ । विद्यार्थीसँगै उक्त कार्यक्रम घरमै पुगेर अभिभावकलाई प्रशिक्षीत पार्ने काम गरिएको छ । सिधै विद्यालयमा वालवालीका पठाउँदा उनिहरुको मात्रा तथा शब्द नचिन्ने भए पछि यो विधी अवलम्बन गरिएको हो । घरमा वालवालीकाको पढ्ने,खाने,खेल्ने,सुत्ने कोठा,किताव कापीको व्यवस्थापन लगाएतका कुरामा पहिला ध्यान दिएको छ । उनिहरुको पढाईलाई व्यवस्थीत पार्न अभिभावकलाई सचेतीकरण गर्ने काम गरिएको छ ।

अभिभावक र बालबालीकालाईसँगै राखेर समेत आधारभुत सिकाईका प्राब्धानलाई वढि जोड दिने गरिएको छ । प्राम्भिक स्तरमा वालवालीकाको पढाई सुधार्नका लागि सिम्ता गाउँपालिकाको २५ लाख भन्दा वढि भौतिक पुर्वाधार सुधार र यूएस.आईडिको सहयोगमा उक्त कार्यक्रम लागु गरिएको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले जानकारि दिनु भएको छ । गाउँपालिका, यूएस.आईडि र नेपाल सरकारको संयुत्त आयोजनामा प्राम्भिक कक्षा १ देखि ३ सम्मका वालवालीकाको सिकाई स्तर वृद्धिका लागि कक्षा,घर र टोलटोलमै पुगेर सहयोगि शिक्षक,स्वंसेवक र प्रशिक्षकले अभिभावक,विद्यार्थीलाई पढाउने काम गरेका छन् ।

सिम्ता गाउँपालिकाका २२ वटा विद्यालयका २२ सय वालवालीकाले यो सिकाईबाट लाभ लिईरहेको गाउँ शिक्षा शाखा प्रमुख ज्योती गैरेले जानकारि दिनु भएको छ । कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुको घरघरमै पुगेर यो कार्यक्रम सञ्चालन भैरहेको उहाँको भनाई छ । पढ्न रुचि नदेखाउने,आफ्ना छोराछोरीलाई पढ्न चासो नदिने अभिभावकलाई समेत यो कार्यक्रमले सचेत पारेको इजी आरपी स्वंसेवक शिक्षक डवल वि.सीले वताउँनु भयो । यसले गर्दा विद्यार्थीमा मात्रा चिन्ने,पढाईमा सुधार,रुचि वढ्ने र अभिभावकलाई समेत जागरुक पार्ने काम भएको वि.सीको भनाई रहेकाे छ ।

सिम्ताका करिव २२ विद्यालयमा यो कार्यक्रम लागु भए पछि पढाईमा समेत सुधार भएको जनाएको छ । गाउँपालिको शिक्षा कार्यविधी अनुरुप नजिक र न्युन विद्यार्थी संख्या भएका १३ वटा विद्यालयहरु मर्ज भएका छन् । मापदण्ड नम्स अनुसार पाएक पर्ने स्थानमा विद्यालय मर्ज गरिएको जनाएको छ । घर,टोलटोल,विद्यालय, विद्यार्थी वस्ने कक्षा कोठा कोठामा समेत पुगेर अभिभावक र विद्यार्थीलाई पढाईका विषमा सिकाउने गरिएको छ । विशेष गरि विदाको दिनलाई वढि महत्व दिने गररे कार्यक्रम लागु गरिएको छ । विद्यालयहरु छनौट गररै कार्यक्रम लागु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top