होमपेज / समाज

चोरिका घटनामा संलगन ४ पक्राउ 

नेपाल गाथा २०७६ बैशाख २ गते सोमबार २१:३३:४८ मा प्रकाशित

दुर्गा वि.सी । सल्यानको सल्लीवजारमा दर्जन वढि पसलहरुमा चोरी गर्ने ४ जानालाई आज प्रहरिले नियन्त्रणमा लगेको छ । सुर्खेतको सिम्ता गाउँपालीका ४ मोट्ङग्रा निवास वर्ष ३५ का तीलक सुनार,बनगाड कुपिण्डे नगरपालिका वडा ९ वस्ने वर्ष १४ का रेशम वस्नेत,सोहि स्थानका वर्ष १४ कै प्रकास भण्डारि र प्रकास वुढालाई नियन्त्रणमा लगिएको छ । वस्नेत,भण्डारि,वुढा नावालक भएकोले मुद्दा चलाएको छैन भने तलिक सुनारलाई भने जिल्ला चलान गरिएको छ । नावलक मानिएका ३ जनालाइृ भने प्रहरिले आफ्न्तको  जिम्मा लगाएको इलाका प्रहरि कार्यलय सल्लीवजारका ईन्चार्ज शुसिल रावलले जानकारि दिनु भएको छ । सल्लीवजारका विभिन्न पसलमा पटक पटक चोरिका घटनामा सुनार संलगन भएको खुलेको छ । स्थानीयहरुको घर,पसलबाट मोवाईल,रिचार्ज कार्ड र नगद रुपैयाँ चोरेको प्रहरि सामु वयान दिएको वताएको छ ।  त्यसै गरि बाँकी ३ जना भने नगरका वडा ८ र ९ का स्थानीय पसलहरुमा चोरेको जनाएका छन् । देवस्थलको समिक्षा पुनको घरबाट गए राती मोवाईल चोरेर भाग्दै गर्दा प्रहरि सुनारलाई पक्राउ गरेको जनाएको छ ।   
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top