होमपेज / समाज

सङ्घीय खेलकुद महासंघ प्रदेश नं.५ को प्रदेश स्तरीय भेला बुटवलमा सम्पन्न

नेपाल गाथा २०७५ फाल्गुण ५ गते आइतबार १९:५२:३० मा प्रकाशित

कपिलवस्तु । सङ्घीय समाजवादी फोरम नेपालको भातृ संगठन सङ्घीय खेलकुद महासंघ प्रदेश नं.५ को प्रदेश स्तरीय भेला अार्इतबार बुटवलमा सम्पन्न भएको छ । भेलाले वीरेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा उपेन्द्र यादव,राजकुमार हरिजन ,मुख्य सचिवमा अफजल खान,सचिव अमरेश प्रताप सिंह,केशव कुमार सारु र कोषाध्यक्षमा मिना सोमै रहनु भएको छ ।

पार्टी प्रदेश समिति अध्यक्ष अशोक कुमार यादवको अध्यक्षता भएकाे कार्यक्रममा राजनितिक समिति सदस्य मा.सहशराम यादव, केन्द्रीय सदस्य पुर्णबहादुर बस्नेत, बैकल्पिक केन्द्रीय सदस्य नवीन सुनुवारलगायतकाे सहभागिता रहेकाे थियाे । भेलामा पुर्णबहादुर बस्नेत ,सहशराम यादव लगायतकाले अा-अाफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top