ट्रेण्डिङ

होमपेज / समाज

ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प

नेपालगाथा २०७५ फाल्गुण ३ गते शुक्रबार १०:४०:११ मा प्रकाशित

काठमाडौँ । ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर आज ४.६ रिक्टर स्केलको भूकम्प गएको छ ।  साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

उहाँका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प पातलिँदै गएको छ । यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५१० परकम्प गएको केन्द्रले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top