होमपेज / समाज
सुर्खेत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले कुनै पनि सामुदायिक रेडियो बन्द नहुने वातावरण बनाउन सरकारलार्इ आग्रह गर्नुभएको छ । आज वीरेन्द्रनगरमा सामुदायिक रेडियोकर्मीसंग कुरागर्दै नेता थानिले दुई तिहाईको दम्भ देखाएर रेडियोहरुलाई अंकुश नलगाउन सरकारसंग आग्रह गर्नुभयो।
पुर्वमन्त्री समेत रहनु भएका नेता थानीले आधारभूत आवश्यकताको लागि सङ्घर्ष गरिरहेको प्रदेशलाई समृद्धिको बाटोमा हिँडाउन सामदायिक रेडियोको भूमिका महत्वपूर्ण रहने भन्दै यसलार्इ संरक्षण गर्नुपर्नेमा जोडदिनुभएकाे छ । नेता थानीले सामुदायिक रेडियोको पक्षमा सिङ्गो प्रतिपक्ष नै रहेको भन्दै त्यसको नेतृत्व आफूले गर्ने बताउनुभएकाे छ । उहाँले सामुदायिक रेडियोहरूलाई कसरी न्याय गर्न सकिन्छ भनेर सरकारले सोँच्नु पर्ने आएको बेला आएको उहाँको भनार्इ रहेकाे छ ।

यसैबीच रेडियोकर्मीहरुले सामुदायिक रेडियोहरूको प्रशारण सुरु भएको लामो समय वितिसक्दापनि सामुदायिक रेडियो सञ्चानलको नीति बन्न नसक्नु दुखद भएको बताएका छन । उनिहरुले सामुदायिक रेडियोकर्मीहरुले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योग्दान पुर्याएको चर्चागर्दै सरकारले रेडियोबाट लिनेगरेको करलार्इ कम गर्नुपर्ने बताएका छन ।