ट्रेण्डिङ

होमपेज / समाज

पश्चिम वायुको प्रभावले पुन: बिग्रियो मौसम

नेपालगाथा २०७५ फाल्गुण २ गते बिहीबार १६:४६:४२ मा प्रकाशित

काठमाडौँ । पश्चिम वायुको प्रभावका कारण बिहीबारदेखि फेरी मौसममा परिवर्तन आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले फेरी लगभग देशैभरी वर्षा र हिमपात हुने बताएक छन् । महाशाखाकी मौसमविद मञ्जु बासीले पटक–पटक आएको पश्चिम वायुको प्रभावका कारण यो वर्षको हिउँदमा वर्षा र हिमपात बढी भएको बताइन् । उनले पश्चिमी र मध्य भागमा बिहीबार रातिदेखि नै वर्षा सुरु हुने बताएकि छिन् ।

बुधबारसम्म देशैभर घाम लागे पनि बुधवार राति पश्चिम क्षेत्रबाट पश्चिमी वायु प्रवेशसँगै मौसम बिग्रिएको हो । महाशाखाले पश्चिमी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानमा हल्का वर्षा हुने प्रक्षेपण गरेको छ । पूर्व र मध्य नेपालमा भने पश्चिमको तुलनामा कम वर्षा हुनेछ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यमसम्म हिमपातको सम्भावना रहेकाे छ ।

बिहीबार राति पश्चिमी र मध्य भागका थोरै स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको सूचना महाशाखाले सम्प्रेषण गरेको छ। पूर्वी पहाडी भागका एक दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेकाे छ। शुक्रबार दिउँसो देशको अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी र पूर्वी भागका केहि स्थानहरूमा क्षणिक वर्षा हुने मञ्जु बासीले बताइकि छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top