ट्रेण्डिङ

होमपेज / समाज

मोटरसाइकल अनियन्त्रित भई एक जना बेपत्ता

नेपालगाथा २०७५ फाल्गुण २ गते बिहीबार १३:२१:२७ मा प्रकाशित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ गुदरीया स्थित गण्डक नहरमा बिहान करिब ५ बजे मोटरसाइकल अनियन्त्रित भई एक जना बेपत्ता भएका छन् । सो गाउपालिका वडा नम्बर ३ बस्ने महेन्द्रनगर बाट पेट्रोल लिन महलबारी गएका बर्ष १७ का हदिस मियाले कुडिया मिल तिर आउने गण्डक नहर गुदरीयाको नजिकै खसेको भारतीय नम्बर प्लेटको मोटरसाइकल युपी ५६ जेड ११२७ मोटरसाइकलका चालक मिया बेपत्ता भएका हुन ।

ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक केदार बस्नेतका जानकारी दिएको अनुसार विहानको समयमा कुहिरो भएर मोटरसाइकल अनियन्त्रित भई गण्डक नहरमा खसेको हुन सक्ने बताएका छन् । अहिले बेपत्ता भएका लाई नहरको पानी घटाएर प्रहरी र स्थानीयहरू लगाएत खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top