होमपेज / समाज
चन्द्रा कंडेल, सुर्खेत । कैलाली टीकापुर अस्पतालमा कार्यरत नर्सिङ अधिकृत सकुन्तला सापकोटा (गौली) ले एउटा आमाले आफ्नो बच्चा स्वस्थ राख्नको लागि पुर्णरुपमा स्तनपान सँगै आफुले गरिने दैनिक गतिविधिमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
आमाको गर्भमा शिशु रहेदेखि बच्चा दुई वर्ष नपुग्ने बेलासम्को अवधि हजार दिन भित्रको अवधि हुने गर्छ । यस समयमा बच्चाको ८० प्रतिशत दिमागको वृद्धि विकास हुने गर्दछ । गर्भा अवस्थादेखि नै आमाले राम्रो खानपान, रहनसहन र स्वस्थ जीवन शैली अपनाउन सके बच्चालाई पनि दीर्घकालिन रुपमा स्वस्थ राख्न मद्दत मिल्ने गौलीले बताउनुभयो ।
.jpg)
गर्भावस्था विशेष तथा सम्वेदनशील अवस्था भएकाले गर्भवती महिलाले पोषिलो खानेकुरा साबिकको भन्दा धेरै मात्रा मिलाएर पटक–पटक खानुपर्नेमा गौलीले जोड दिनुभयो । गर्भवती महिलाले धेरै चिल्लो, चुकिलो र पिरो खानेकुरा नखान समेत गौलीको सुझाब छ । गाउँ घर तिर केरा, साग, अण्डा, दही, मोही खानहुन्न भन्ने प्रचलन गलत भएको गौलीको भनाई छ । गर्भवती आमाले मात्रा मिलाएर सबै प्रकारका पोषिला खानेकुरा खान मिल्ने उहाँको धारणा छ ।