होमपेज / समाज
सुर्खेत । नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अध्यक्षतामा खेमराज रावत निर्वाचित हुनुभएको छ । बुधबार सुर्खेतको वीरेन्द्रनगरमा भएको भेलाले रावतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संगठनका अध्यक्ष तेजविक्रम बस्नेत मानविकी तथा सामाजिकशास्त्र संकायको क्याम्पस प्रमुख भएपछि रावत संगठनको कार्यवाहक अध्यक्ष हुनुहन्थ्यो । नवनिर्वाचित अध्यक्ष रावत व्यवस्थापन संकायका उपप्राध्यापक हुनुहुन्छ ।
संगठनको उपाध्यक्षमा शिक्षाशास्त्र संकायका उपप्राध्यापक रामप्रसाद कंडेल, सचिव व्यवस्थापन संकायका उपप्राध्यापक निर्मल थापा, सहसचिवमा इन्जिनीयरिङ संकायका उपप्राध्यापक शरद आचार्य र कोषाध्यक्षमा शिक्षा शास्त्र संकायका उपप्राध्यापक फूलमति खराल निर्वाचित हुनुभएको छ ।
यसैगरी संगठनको सदस्यहरुमा विज्ञान तथा प्रविधि संकायका उपप्राध्यापक द्वय नुरल होदा खान, र युवराज पौडेल, इन्जिनीयरिङ संकायका उपप्राध्यापक द्वय प्रकाश रेग्मी र दिनेश कंडेल र मानविकी संकायका उपप्राध्यापक त्रिभुवन बि.सी. निर्वाचित हुनुभएको छ । निर्वाचित समितिले एक जना सदस्य मनोनित गर्ने जनाइएको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सहइन्चार्ज लिलाधर तिवारीको अध्यक्षतामा भिउसिंह बुढा र माधव खनाललको निर्वाचन मण्डलले एक भेलाका बीच संगठनको नयाँ नेतृत्वको निर्वाचन गरेको हो ।
यस अघि भेलालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला, राजिष्ट्रार सहप्राध्यापक यामबहादुर कार्की, विभिन्न संकायका डिनहरुले भेलाको सफलताको शुभकामना दिनुभएको थियो ।