ट्रेण्डिङ

होमपेज / समाज

सिम्तामा क्षमता अभिमुखिकरण तालिम सम्पन्न

नेपालगाथा २०७५ फाल्गुण १ गते बुधबार १८:२२:२८ मा प्रकाशित

सुर्खेत । सिम्ता गाउँपालिकामा ३ दिने जनप्रतिनिधिहरूलाई सामाजिक जवाफदेहिता तथा क्षमता अभिमुखिकरण तालिम बुधबार सम्पन्न भएकाे छ । सिम्ता गाउँपालिकाकाे अायाेजना र मध्यपश्चिम ट्रेनिङ एण्ड रिसर्च सेन्टर सुर्खेतको सहजिकरणमा माघ २८ गते  देखि उक्त कार्यक्रम शुरूवात भएकाे थियाे ।

तालिममा सबै वडाका अध्यक्ष कार्यपालिका सदस्य र सबै वडा सदस्यहरूकाे सहभागिता थियो । ३ दिने तालिममा बाेल्ने,सुन्ने र सुचना प्रवाह गर्ने सीप र नागरिक मुखिसेवा दिने तरिका बारेमा ज्ञान अभिवृद्धि गरिएको थियो। अहिले सम्मका तालिम मध्ये याे तालिम राम्रो र व्यवारिक भएको र नागरिकलाई सेवा दिन अबदेखि सजिलो हुने सहभागीहरूकाे भनाइ छ।

तालिमका सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले एक कार्यक्रमका बिच समापन गरेका थिए। यस्तै तालिमको सहजीकरण संस्थाका रविन्द्र कुमार चन्द र वरिष्ठ प्रशिक्षक उमेश केसिले गरेका थिए । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top