ट्रेण्डिङ

होमपेज / समाज

‘राष्ट्रियताको परिचय कर्णालीबाट सुरु गरौँ’– मुख्यमन्त्री शाही (भिडियाे सहित)

नेपालगाथा २०७५ फाल्गुण १ गते बुधबार १७:५९:२५ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रियताको परिचय अब कर्णाली प्रदेशबाटसुरु गनुपर्ने बताउनु भएकाे छ । बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले राष्ट्रियताको परिचय कर्णालीबाट सुरु गर्नको लागि सम्पूर्ण क्षेत्रका मानिसहरुको ध्यान कर्णालीमा केन्द्रिन गर्न पनि आग्रह गर्नु भयो । अब बोलेर भाषण गरेर मात्रै नहुने भएकाले सबै मानिसहरु मिलेर नेपाल बनाउने अभियानमा लाग्नुपर्ने बताउनु भयो । देश बनाउनको लागि सबैले आ आफ्नो क्षेत्रबाट संघर्ष गर्नुपर्ने बताउदै उहाँले कर्णाली प्रदेशलाई अहिले सम्पूर्ण क्षेत्रको साथ सहयोग आवश्यक भएको बताउनु भयो ।

अहिलेको अवस्थामा कर्णालीलाई विभिन्न क्षेत्रहरुको सहयोग आवश्यक भएको बताउदै उहाँले पहिलो बर्ष कर्णाली प्रदेश सरकारको मुख्य काम भनेको कर्णालीका सम्भावनाहरु अध्यान गर्ने भएको बताउनु भयो । उहाँले कर्णाली प्रदेश गरिब नभएर यसको परिभाषा मात्र गरिव भएको बताउनु भयो ।

‘काठमाडौ राँगाको म.म खाने मान्छे धनी अनि कर्णालीमा अर्गानिक आलु खाने मान्छे कसरी गरिब हुन्छ’ भन्दै उहाँले अब कर्णालीमा तमाम सम्भावनाहरु छन् मात्र नभनेर कति छ सम्भावनाहरुका अध्यान गरेर उपयुक्त योजनाहरु छनोट गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

अहिले विकृतिको रुपमा रहेका केहि सञ्चार माध्यामहरुलाई व्यवस्थाति गर्नु आवश्यक रहेको उहाँले बताउनु भयो । अब जनताहरुको दिमाखमा भएको परम्परागत सोच बिचारको अन्त्य गरेर अघि बढ्नुपर्ने भन्दै उहाँले नयाँ सभ्यताबाट अघि बढ्नुपर्ने बताउनु भयो ।

समानता र सुशासन प्रवद्र्धनका लागि सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन कार्यक्रममा सुचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटा र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संयुक्त रुपमा उद्घाटन गर्नु भएकाे हाे । उद्घाटन कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका नेता योगेश भट्टाराई, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आफ्नो धारणा राख्नु भएको थियो ।

तिन दिन सम्म सञ्चालन हुने सम्मेलनमा सामुदायिक रेडियो प्रसारक संघ, नेपालका अध्यक्ष सुवास खतिवडा, सुर्खेत जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सदस्य धुव्रकुमार शाही, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री हृदयराम थानि, नेपाल पत्रकार महासंघ सचिव रेम विश्वकर्मा लगायत देशै भरको सामुदायिक रेडियोका सञ्चारकर्मीहरु सहभागिता रहेको थियो ।

भिडियाे

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top