ट्रेण्डिङ

होमपेज / समाज

‘प्राध्यापकहरु उदाहरणीय बन्नुपर्छ’ — उपकुलपति कोइराला

नेपालगाथा २०७५ फाल्गुण १ गते बुधबार १५:१२:४९ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाले अरुलाई शिक्षा प्रदान गर्ने प्राध्यापकहरु उदाहरणीय बन्नुपर्ने बताउनुभएको छ । बुधबार नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालयको तदर्थ समितिको भेलालाई सम्बोधन गर्दै उपकुलपति तथा प्रगतिशील प्राध्यापक संगठनका संस्थापक तथा सल्लाहकार प्रा.डा.कोइरालाले नेतृत्वमा सहनशीलता, गतिशीलता र इमान्दारिता हुनुपर्ने बताउनुभयो ।

प्रगतिशीलहरु अब नाममा होइन काममा विश्वास गर्नुपर्नेमा जोड दिँदै उपकुलपति कोइरालाले सबल र सक्षम व्यक्तिले उपयुक्त समयमा उपयुक्त अवसर पाउनेमा विश्वस्त हुनुपर्ने बताउनुभयो । मप विश्वविद्यालयका रजिष्ट्रार सहप्राध्यापक यामबहादुर कार्कीले विसं.२०३६ सालको आन्दोलनमा सहभागी भएको स्मरण गर्दै रजिष्ट्रार कार्कीले संगठन नै सबैभन्दा बलियो हतियार भएकाले संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

रजिष्ट्रार कार्कीले मप विश्वविद्यालयलाई राम्रो बनाउने जिम्मा अब प्रगतिशील विचारधाराहरुले लिनुपर्ने बताउनुभयो । आफु सधै प्राध्यापकहरु कै हित र भलाई लाग्ने बताउदै रजिष्ट्रार कार्कीले आफूलाई कुनै पनि राजिनीतिक स्वार्थ नभएको बताउनुभयो । मप विश्वविद्यालय व्यवस्थापन संकायका डिन मस्तबहादुर गरंजाले विगतका कमी कमजोरीबाट पाठ सिक्दै नयाँ समितिले आगामी दिनमा व्यक्तिका लागि नभएर संगठनका लागि काम गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सहइन्चार्ज लिलाधर तिवारीले नेपाल प्रगतिशील प्राध्यापक संगठन वैचारिक संगठन र पेशागत संगठन भएकाले यसले प्राज्ञिक उनन्नयन लागि काम गर्दै सामूहिक विकासमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मप विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका डिन ई.गाविन्दप्रसाद लामिछाने, केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सचिव भिउसिंह बुढा, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य सहप्राध्यापक ई.अनन्तराज घिमिरे, नेपाल प्रगतिशील प्राध्यापक संगठनका पूर्व केन्द्रीय सदस्य माधव खनाल, पूर्व केन्द्रीय सदस्य खोपिराम लम्साल लगायतले संगठनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top