होमपेज / समाज
सुर्खेत । दशैभरका सामुदायिक रेडियोहरुको संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपाललेको दुइ दिने राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन मार्फत विश्व रेडियाे दिवसकाे अवसर पारेर फागुन १ र २ गते हुन लागिएको जानकारी दिइएको हो ।
सम्मेलनमा सामुदायिक रेडियोले हासिल गरेका उपलब्धि त्यसका चुनौतिहरु, आगामि बाटो को बिषयमा छलफल हुने सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले जानकारी दिनु भयो । रेडियोको विषयमा बन्ने कानुन, रेडियोले सरकार र नागरिक प्रति कसरी जभावदेहि हुने भन्ने बिषयहरु पनि छलफल हुने अध्यक्ष खतिवडाले बताउनु भयो ।
दुई दिने सम्मेलनको उद्घाटनको लागि केन्द्रिय सुचना तथा सञ्चार मन्त्री, कर्णाली प्रदेशका मुख्य मन्त्री लगायत अन्य विभिन्न सम्बन्धीत क्षेत्रका मानिसहरुको उपस्थिति रहने छ । कार्यक्रममा देशै भर रहेका करिव ३५० वटा सामुदायिक रेडियोका अगुवा, अभियन्ता, विभिन्न नागरिक संघठन, विभिन्न राजनितिक दलका नेताहरुको उपस्थिति रहने आयोजकले बताएको छ ।