ट्रेण्डिङ

होमपेज / समाज

क्षमता अभिवृद्धि तालिम सुरु

नेपालगाथा २०७५ माघ २७ गते आइतबार १७:५९:२७ मा प्रकाशित

सुर्खेत । फिल्ड सुपरिवेक्षक तथा सामुदायिक पोषण स्वयम् सेवकहरुका लागि कार्यक्षमता अभिवृद्धि तालिम आइतबार विरेन्द्रनगरमा सुरुभएको छ ।
बराहताल गाँउपालिकाका उपाध्यक्ष शाेभा शर्माले स्वास्थ्य र पोषण सम्बन्धी कुरा मात्र नगरी उपलब्धी के कति भयो भन्ने बारेमा जोड दिनुपर्ने बताउनु भयो । समाज स्वस्थ रहे मात्र देशको विकास हुने भएकाले स्थानीय सरकारले पनि हातेमालो र साझेदारी गर्ने प्रतिबद्धता ब्यक्त गनुभयो ।  
वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख उदय ब. थापाले मानिस स्वस्थ रहनको लगि आफ्नो आनी बानी र खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो ।


सुआहारा परियोजनामा कार्यरत फिल्ड सुपरिवेक्षक तथा सामुदायिक पोषण स्वयम् सेवकहरुको कार्यक्षमता वृद्धि गर्नका लागि स्वास्थ्य र पोषणका सवालमा केन्दित भएर छलफल गरिने जिल्ला सुआहारा सुर्खेतका पोषण अधिकृत नारायणप्रसाद धितालले जानकारी दिनुभयो ।
युएसएआइडीको आर्थिक सहयोग र समाज जागरण केन्द्र (स्याक) नेपालको सुआहारा कार्यक्रमको  साझेदारीमा सुरु भएको तालिम माघ २७ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top