होमपेज / समाज
सुर्खेत । नव निर्वाचित गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भीमबहादुर सेनले सबैको साथ सहयोग सल्लाह सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउनु भएको छ । निर्वाचित भैसकेपछि सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिदै अध्यक्ष सेनले चुनैतिपूर्ण अवस्थामा रहेको आफ्नो जिम्मेवारी नवनिवाचित सम्पूर्ण पदाधिकारी, निवर्तमान पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको साथ सहयोगले मात्र अघि बढ्ने बताउनु भयो ।
गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशकाले सेनको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । दुई दिनसम्म प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको अधिवेशनले महासंघको उपाध्यक्षमा जंगबहादुर शाही, सचिवमा खड्गबहादुर सेजुवाललाई चयन गरेको छ ।
यस्तै कोषाध्यक्षमा महेन्द्रबहादुर शाही, सहसचिवमा शिवा आचार्यलाई चयन गरेको हो । यस्तै सदस्यहरुमा धीरबहादुर बिष्ट, जयानन्द रावल, सविता रोकाया, निर्मला राना, हिमाली रोकाया, बली रावत, निर्मला बिष्ट, पदमबहादुर लामा, देवलसिंह रावल र सीता ज्ञावलीलाई चयन गरेको हो ।
भिडियाे