ट्रेण्डिङ

होमपेज / समाज

गाउँपालिका महासंघको अध्यक्षमा सेन

नेपालगाथा २०७५ माघ २७ गते आइतबार १५:४९:५१ मा प्रकाशित

सुर्खेत । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेसनले भीमबहादुर सेनको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । दुई दिनसम्म प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको अधिवेशनले महासंघको उपाध्यक्षमा जंगबहादुर शाही, सचिवमा खड्गबहादुर सेजुवाललाई चयन गरेको छ । यस्तै कोषाध्यक्षमा महेन्द्रबहादुर शाही, सहसचिवमा शिवा आचार्यलाई चयन गरेको हो । यस्तै सदस्यहरुमा धीरबहादुर बिष्ट, जयानन्द रावल, सविता कुमारी रोकाया, निर्मला राना, हिमाली रोकाया, बली रावत, निर्मला बिष्ट, पदमबहादुर लामा, देवलसिंह रावल र सीता ज्ञावलीलाई चयन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top