होमपेज / समाज
सुर्खेत । गत हप्ता वीरेन्द्रनगरमा भएकाे एक कार्यक्रममा इगरब्रिज माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षिया छात्रा दृष्टि भुसालले अाफ्नाे जन्म दिनमा जम्मा भएकाे २५ हजार रुपैयाँ सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि हस्तान्तरण गरेकी छिन् ।
उनले भनिन्, 'फजुल खर्च गर्नुभन्दा सामाज सेवामा खर्च गर्नु राम्राे हाे त्यसैले मैले प्राविधिक शिक्षा सञ्चालनका लागि रकम दिएकी हुँ ।' अहिलेकाे युवा युवतीमा फजुल खर्च गर्ने बानी धेरै भएकाले उक्त कार्यलार्इ राेक्नका लागि समेत मैले याे अभियानलार्इ अघि बढाएकी हुँ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयमा प्रविधिक शिक्षा सञ्चालनका लागि ’पञ्चपुरी विद्यापुर शैक्षिक एवम् धार्मिक महोत्सव २०७५ को प्रचार–प्रसार गर्ने उदेश्यले गत शुक्रबार जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा ओयोजित कार्यक्रममा सुर्खेत स्थित विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे । यही फाल्गुन २४ गतेदेखि १ गतेसम्म सुर्खेतको विद्यापुरमा ’पञ्चपुरी विद्यापुर शैक्षिक एवम् धार्मिक महोत्सव २०७५' सञ्चालन हुँदैछ ।