ट्रेण्डिङ

होमपेज / समाज

अाज सरस्वती पूजा

सुर्खेतमा यसरी मनार्इदै

नेपालगाथा २०७५ माघ २७ गते आइतबार ०८:२२:४० मा प्रकाशित

सुर्खेत। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । अार्इतबार देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेकाे पार्इन्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सुर्खेतमा यसरी मनार्इदै

देश भरका विभिन्न विद्यालय,सरस्वती मन्दिर लगायतका क्षेत्रहरुमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गर्ने चलन अनुरुप सुर्खेतमा पनी विभिन्न कार्यक्रम गरी मनार्इदै छ । कर्णाली प्रदेशकाे राजधानी समेत रहेकाे सुर्खेतमा सरस्वती पूजाकाे अवसरमा विभिन्न विद्यालयहरुमा, विभिन्न संघ संस्था तथा अन्य क्षेत्रहरुमा रहेका सरस्वती मन्दिरमा पुजा गरिएकाे छ । विशेष गरि विभिन्न क्षेत्रहरुमा रहेका विद्यालयहरुमा बिहानै देखि पूजा आराधना गर्न श्रद्धालुको भीड लागेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top