होमपेज / समाज
सुर्खेत । पुर्वि सुर्खेतको सिम्ता गाउपालिका वडा न ३ को बाखर्क स्थित (श्रीजनबजारमा) शुक्रबार एक दिने नि शुल्क आयुर्वेद स्वास्थ शिविर सम्पन्न भएको छ । सिम्तागाउँपालिकाको आर्थिक सहयोग तथा सिम्ता आयुर्वेद स्वास्थ शाखाको आयोजनामा कार्यक्रम सन्चालन भएको थियो ।
शिविरमा जम्मा ५ सय ५३ मध्य २ सय ४७ जना पुरुष र ३ सय ६ जना महिला सहभागी भएको आयुर्वेद शाखा सिम्ताका औषधालाय प्रमुख प्रकाश यादवले जानकारी दिए ।
स्वास्थ शिविरमा सिम्तागाउपालिका लगाएत छिमेकी जिल्ला सल्यान, जाजरकोट बिरामी सहभागी भएर निशुल्क स्वास्थ चेकजाँच गरेका छन । आयुर्वेद स्वास्थ कार्यालय सुर्खेतका डा शङ्कर रिजाल ,श्रीराम आचार्य, कविराज निरीक्षक लगाएतले डाक्टरहरुले बिरामीहरुको स्वास्थ चेकजाँच गरे ।
चेकजाँचको क्रममा ग्यास्टिक, बाथरोग, महिनावारी गडबडी, तल्लो पेट दुख्ने लगाएको समस्याका बिरामीहरु रहेका थिए भने सम्पुर्ण बिरामीहरुलाइ निःशुल्क औषधि वितरण गरिएको थियो ।
वडा नम्वर ३ का वडा अध्यक्ष नहकुल बुढाले आफुहरुले स्थानीय चुनावमा जनता सङ्ग गरेको बाचा अनुसार नै स्वास्थ शिविर सन्चालन गरेको र यसबाट स्थानीय जनता लाभान्वित हुनुका साथ सेवा लिएको बताए ।