ट्रेण्डिङ

होमपेज / समाज

चिङगार्डमा चट्याङ पर्दा दुई घरमा क्षेती

नेपालगाथा २०७५ माघ २५ गते शुक्रबार १६:२५:२५ मा प्रकाशित

सुर्खेत । सुर्खेतको चिङगार्ड गाउँपालिमा चट्याङ पर्दा दुई घरमा क्षेति पुगेको छ । चिङगार्ड गाउँपालिका वडा नम्वर ३का टिके कामीको र चिङगार्ड ५ का राम बहादुर रानाको घरमा चट्याङ परेको हो ।

चट्याङको कारण मानविय क्षति नभएपनि चट्याङको आवाजले कामीकी श्रीमती ४५ बर्षकी झुपी विक घाइते भएको र उनको मेटेला स्वास्थ्य केन्द्रम उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । शुक्रबार राति करिव १ बजे तिर परेको चट्याङबाट कामीको गोठमा रहेका २ वटा भैसी र १ वटा गोरु मरेका र दुर्इ मध्य एक घरमा क्षेति भएको हो ।

यस्तै शुक्रबार नै चिङगार्ड पाँचका राम बहादुर रानाको घरको सोलार प्यानलमा चट्याङ पर्दा सोलार ब्याट्री, तथा भित्र जोडिएको सबै वाईरिङ तथा कन्ट्रोल बक्स जलेर नष्ट भएको प्रहरी जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top