ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले सुर्खेतमा नेता कंडेल, खत्री र बिष्ट प्रदेश सभाका लागि सिफारिस

नेपालगाथा २०७९ भाद्र १८ गते शनिबार २१:४८:३२ मा प्रकाशित

सुर्खेत । मंसिर ४ गते हुने प्रदेश सभाकाे निर्वाचनका लागि सुर्खेत निर्वाचन क्षेत्र २ 'क' बाट नेता यामलाल कंडेल  र निर्वाचन क्षेत्र १ 'क' बाट ठम्मर बिष्ट 'ख' बाट खड्क खत्री सर्वसहमत रूपमा प्रत्यक्षतर्फ एकल सिफारिस भएका छन् । सिफारिस भएका तीनै जना उम्मेदवार २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभाका विजयी नेताहरू हुन् । निर्वाचन क्षेत्र १ 'क' बाट सिफारस भएका उम्मेदवार बिष्ट नेकपा माअाेवादीबाट एमाले प्रवेश गरेका नेता हुन् ।

नेता कंडेल एमाले कर्णाली प्रदेशका इन्चार्ज हुनुका साथै संसदीय अभ्यासमा राम्राे अनुभव संगालेका नेता हुन् भने खत्री २०७४ सालकाे निर्वाचन पछि कर्णाली प्रदेश सरकारकाे मन्त्री भइसकेका नेता हुन् । यसैगरी बिष्ट सामाजिक र राजनीतिक क्षेत्रमा अनुभवी नेताका रूपमा परिचित नेता  हुन् । तीनै जना उम्मेदवार अाफ्नाे क्षेत्रमा राम्राे जनाधार भएका नेताका रूपमा परिचित छन् । एकल सिफारिसमा परेसँगै उनीहरूकाे जित करिब पक्का जस्तै भएकाे एक नेताले जानकारी दिए । 

निर्वाचन क्षेत्र २ 'ख' मा भने याे समाचार तयार पार्दासम्म उम्मेदवारकाे टुंगाे लागिसकेकाे थिएन । प्रदेश 'ख' का लागि भने नेताहरू ताराकेशर गाैतम, धीरबहादुर शाही, कमल शाही, देवीराम भुसाल, इन्द्र केसी र पवित्रा बुढाकाे नाम चर्चामा रहेकाे छ । एक नेताका अनुसार चर्चामा रहेका नेताहरू मध्येबाट कुनै एकजना  सिफारिस हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top