ट्रेण्डिङ

होमपेज / राजनीति

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेनको प्रतिवद्धता

नेपालगाथा २०७९ जेठ १३ गते शुक्रबार ११:४६:३८ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाउने प्रतिवद्धता जनाएका छन् । मेयरमा विजयी भएलगत्तै सम्बोधन गर्दै उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउने प्रतिबद्धता जनाएका हुन् ।   

‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ । सधै परिवार नै थियो र परिवार नै रहनेछ’, बालेनले भने, ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं ।’

उनले अबको पाँच वर्षमा आफ्नो भिजन र एजेन्डालाई पूर्णरूपमा कार्यान्वयन गर्ने पनि प्रतिवद्धता जनाए । ‘आजबाट हामीले एउटा सुरुआतको रूपमा लिएका छौं । निर्वाचनको परिणाम जुन आएको छ । यसलाई हाम्रो विजयभन्दा पनि हाम्रो कार्यको सुरुआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्य सम्पन्न गर्ने हाम्रो धारणा रहेको छ ।’  

मेयरमा विजयी स्वतन्त्र उम्मेदवार शाहले ६१ हजार ७ सय ६७ मत ल्याए । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत बढी प्राप्त गरे । सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन् । तेस्रो भएका एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाए ।  

काठमाडौं महानगरको उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भइन् ।  उनी ६८ हजार ६१२ मतसहित उपमेयरमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाए ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top