होमपेज / राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले १६ हजार मत कटाएका छन् । उनले ४१ हजार ८०८ मत गणना हुँदा १६ हजार ५२ मत प्राप्त गरेका हुन् ।
बालेनले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर प्रत्यासी केशव स्थापितले ८ हजार ३४५ मत पाएका छन् । शाह र स्थापितबीचको मतान्तर ७ हजार ७०७ रहेको छ ।
तेस्रो स्थानमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ५११ मत ल्याएकी छन् । स्थापित र सिंहबीचको मतान्तर ८३४ रहेको छ ।