ट्रेण्डिङ

होमपेज / राजनीति

काठमाडौं महानगर प्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको अग्रता कायमै

नेपालगाथा २०७९ जेठ ३ गते मंगलबार १८:४७:४४ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र (बालेन) शाहको अग्रता जारी रहेको छ ।

हालसम्मको मतपरिणामअनुसार काठमाडौं महानगर प्रमुखको लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका शाहले ११,६३२ मत ल्याएर आफ्नो अग्रता कायम राखेका छन् ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार एमालेका केशव स्थापितले ६२५९ र नेपाली कांग्रेसका सिर्जना सिंहले ५४८६ मत प्राप्त गरेकी छन् । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठ ७१४, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६३३ र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटा ७८ प्राप्त भएको छ ।
    
त्यसैगरी उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले अग्रता कायम राखेकी छन् । डंगोलले १०,४७७ मत प्राप्त गरी अग्रस्थानमा रहेकी छन् ।  उनलाई पछ्याइरहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३०४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी विनिता मगैयाले २२०२ र विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३९६ मत प्राप्त गरेका छन ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा छ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । (फरकधारबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

Top