होमपेज / पत्रपत्रिकाबाट

तातोपानी बन्दरगाह निर्माण अन्तिम चरणमा

नेपाल गाथा २०७५ माघ ३ गते बिहीबार १६:३३:३३ मा प्रकाशित

सिन्धुपाल्चोक । नेपाल र चीनबीचको उत्तरी सीमा तातोपानी नाकामा बन्दै गरेको बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको एक अर्ब २० करोड रुपियाँ लगानीमा निर्माण हुँदै आएको बन्दरगाहको ९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको छ ।

चिनियाँ ठेकेदार निर्माण कम्पनी सीआरसीसीले दिएको जानकारी अनुसार बन्दरगाहमा रहने भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेकपोष्ट, बैङ्क, आवास निर्माण, ग्राउन्डलगायतका संरचना निर्माण सम्पन्न भएका छन् ।

गोदाम घरमा १५८ ठूला कन्टेनर एकैचोटी राखेर जाँचपास गर्न सकिनेछ । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले चीनले मे महिनामा नाका खुलाउन बन्दरगाह निर्माण कार्यलाई तीव्र ढङ्गमा अगाडि बढाइएको बताए ।

गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया

सम्बन्धित खवर

Top