होमपेज / पत्रपत्रिकाबाट
काठमाडौं । सडकमा वेवारिसे अवस्थामा बस्ने नागरिकको जीवन रक्षा गर्न प्रहरीले उपत्यकाभित्र अभियानकै रुपमा बृद्धबृद्धा र बालबालिकाको उद्धार गरेर आश्रमसम्म पु–याउदै आएको छ ।
राजधानीमा रहेका मानव सेवा आश्रमसँगको समन्वय गरेर प्रहरीले रातको समयमा सडकमा रहेका वेवारिसे र असहायलाई उद्धार गर्ने कार्यलाई तीन सातादेखि निरन्तरता दिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा तीन सातादेखि रातिको समयमा असहायको उद्धार गर्ने अभियान हुदै आएको छ । महानगरी प्रहरी कार्यालयले सञ्चालन गरेको अभियान अन्तर्गत काठमाडौमा १ सय १७, भक्तपुरमा ३४ र ललितपुरमा ७ जना असहायको उद्धार गरिएको छ ।
प्रहरीले दुई महिनाको बालिकादेखि ९० बर्षको बृद्धाबृद्धासम्मलाई उद्धार गरेको छ ।
नेपाल समाचारपत्र दैनिकबाट ।