ट्रेण्डिङ

होमपेज / कला / साहित्य

भोजपुरी गीत 'दे दन प्यार गोरी' सार्वजनिक

सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

नेपालगाथा २०८१ फाल्गुण ४ गते आइतबार ००:१३:१८ मा प्रकाशित

बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत 'दे दन प्यार गोरी' सार्वजनिक भएको छ । यस गीतमा सागर लम्साल (बले) र शिल्पा पोखरेलले आकर्षक अभिनय प्रस्तुत गरेका छन् ।

गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको सुमधुर आवाज रहेको छ भने शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् । प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा र उनकी टिमले काठमाडौंमा गरेका हुन् ।

निर कुमारी विश्वकर्मा 'सविना'को निर्माणमा तयार भएको यो गीतलाई प्रमोद (भारत)ले एरेन्जिङ, मिक्सिङ र मास्टरिङ गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको प्रस्तुति समावेश गरिएको छ ।

रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुति रहेको यो गीत 'दिलवाली' नामक एल्बममा समावेश गरिएको छ । भ्यालेन्टाइन्स डेको अवसर पारेर सार्वजनिक गरिएको गीतले प्रेमी-प्रेमिकाहरूको मन जित्ने अपेक्षा गरिएको छ। गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को युट्युब च्यानलमा हेर्न सकिन्छ ।

 गीत हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

https://youtu.be/Iiwph4anWsw?si=uMDeRmpgIWulEYq5

प्रतिक्रिया

सम्बन्धित खवर

Top