होमपेज / कला / साहित्य
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहारमा बेलुका ९ बजेसम्म मात्रै देउसी-भैलो र मनोरञ्जन गर्न समयसीमा तोकेको छ । जिल्ला सुरक्षा समितिको बैठकले देउसी-भैलो खेल्दा होस् वा अन्य मनोरञ्जनका कार्यक्रम गर्दा बेलुका ९ बजेसम्म मात्र गर्न पाइने निर्णय गरेको हाे ।
राति अबेरसम्म देउसी भैलो खेल्दा होस् वा मनोरञ्जनात्मक कार्यक्रम गर्दा छरछिमेकलाई असर पर्ने र सार्वजनिक जीवनमा असर पर्ने भएकाले बेलुका ९ बजेसम्म मात्र उक्त कार्य गर्न/गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेर सचेत गराएको हो ।
उक्त सूचनामा नेपाल सरकारले प्लास्टिकजन्य फुलका गुच्छा उत्पादन, आयात, बिक्री वितरण गर्न रोक लगाएकाले उक्त कार्य नगर्न समेत उल्लेख गरेको छ ।