होमपेज / कला / साहित्य
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर-९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् ।
प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम् दर्शनको लागि भक्तजन आउने गर्दछन् ।
राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका– ७ मा रहेको नाटेश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ ।