ट्रेण्डिङ

होमपेज / कला / साहित्य

चितवन शिखरबास स्मृतिबिम्ब सार्वजनिक

नेपालगाथा २०८१ आश्विन २१ गते सोमबार ०६:१०:१० मा प्रकाशित

काठमाडौं। वरिष्ठ आख्यानकार डा ध्रुबचन्द्र गौतमले काठमाडौंमा साहित्यकार चितवन शिखरबास स्मृतिबिम्बको विमोचन गर्नुभयो । त्यसअवसरमा उहाँले साहित्यकार चितवन शिखरबासले नेपाली, हिन्दी, बगाली र उर्दु भाषामा साहित्य सृजना गरेर ठूलो योगदान पुर्याएको बताउनुभयो । प्रमुख अथिति डा गौतमले तत्कालनी समयमा चर्चामा नआएको भएपनि उहां सृजनाका कारण सधैँ जिवित रहिरहने बताउनुभयो ।

पचास वर्षअघि साहित्यमा सक्रिय चितवन शिखरबासका अप्रकाशित कृतिहरु प्रकाशन गर्ने चाँजोपाँजो मिलाउनु पर्ने पनि उहाँले बताउनुभयो । विमोचित कृतिको समीक्षा गर्दै कवि तथा समालोचक प्राडा शैलेन्द्रुप्रकाश नेपालले चितवन शिखरबास प्रगतिशील र समाजिक रुपान्तरणका पक्षमा वकालत गर्ने लेखक भएको बताउनुभयो ।

कवि तथा समीक्षक हरिअधिकारीले एउटी छोरीले आफ्नो बुबाको सम्मानमा गरेको काम विशिष्ट र सम्मानयोग्य रहेको बताउनुभयो । आज विमोचन गरिएको चितवन शिखरबास स्मृतिबिम्ब साहित्यकार निरुपा प्रसुनले सम्पादन गर्नुभएको हो । चितवन शिखरबासकी उहाँ कान्छी सुपुत्री हुनुहुन्छ । कवि मणि लोहनीले साहित्यकार चितवन शिखरबासको रचनामा प्रगतिशीलता र आध्यात्मिकताको संगम भेटिने बताउनुभयो ।

कृतिका सम्पादक तथा कार्यक्रमका सभापति लेखक निरुपा प्रसुनले आफ्ना पिता चितवन शिखरबासका बारेमा विविध स्मंरणहरु सुनाउनुभयो । चितवन शिखरबास स्मृतिबिम्बमा २७ जनाले उहाँमाथि लेखेका लेख र स्मंरणहरु समावेश छन् । १९९८ सालमा चितवनमा जन्मिनुभएका चितवन शिखरबासको २०७६ सालमा निधन भएको थियो । उहाँका कथा कविताका एक दर्जनभन्दा बढि कृति प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top