ट्रेण्डिङ

होमपेज / कला / साहित्य

गायिका पूर्णिमा लामाले जितिन् सर्वोत्कृष्ट गायिका अवार्ड

नेपालगाथा २०८१ आश्विन ७ गते सोमबार १३:३९:४५ मा प्रकाशित

काठमाडौं । गायिका पूर्णिमा लामा सर्वोत्कृष्ट गायिका अवार्ड २०२४ बाट सम्मानित भएकी छन् ।

जीवनको यो आफ्नै नाटक बोलको गीतबाट गायिका लामाले आधुनिक तथा पप गायिका बिधाबाट सर्वोत्कृष्ट गायिका बिधाको अवार्ड प्राप्त गर्न सफल भएकी हुन् । नवदुर्गा पार्टी भेन्यु सुकेधारा स्थित आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ समारोहकाबिच उनी सम्मानित भएकी हुन् ।

नेपाली गीत संगीत क्षेत्रमा लामाले पुर्याएको योग्दानको उच्च मुल्यांकन गर्दै आयोज कमिटीद्वारा लामालाई खादा माला लगाई अवार्डको प्रमाणपत्र प्रदान गरिएको थियो। डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ सहित उनको स्वरमा करिब ७०० भन्दा बढी गीत सार्वजनिक भएका छन् ।

उनका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका गीतले मिलियन बढी भ्यूज पाएका छन्। संगीत नै नजिकको साथी बताउने गायिका लामा भन्छिन् गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ। बिना अध्ययन र ज्ञान संगीत अधुरो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top