ट्रेण्डिङ

होमपेज / कला / साहित्य

विष्णु माझीको गीत ‘आइनँ आमा यो तिजमा’ सार्वजनिक

नेपालगाथा २०८१ भाद्र ८ गते शनिबार १२:२६:३५ मा प्रकाशित

काठमाडौं । लोकप्रिय लोकदोहोरी गायिका विष्णु माझीको ‘आइन आमा यो तीजमा’ तीज गीत सार्वजनिक भएको छ । शनिबार बिहान युट्युबमा सार्वजनिक ‘आइनँ आमा’ बोलको गीतमा सार्वजनिक भएको हो ।

गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत सुन्दरमणि अधिकारीले दिनुभएको छ । गीतमा तीजमा समेत माइत जान नपाएकी चेलीको पीडा व्यक्त गरिएको छ ।

‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ ।  गीतको भिडिओमा मोडल ललिता पौडेललाई देख्न सकिन्छ ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई सुन्दरमणीले निर्देशन भएकाे छ। शम्भु चालिसेले खिँचेको भिडिओलाई प्रविन भट्टले सम्पादन गर्नु भएकाे छ ।

विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top