होमपेज / कला / साहित्य
गोविन्द रावत, जुम्ला । जुम्ला जिल्लामा मंगलबारदेखि जात्रा सुरु भएको छ । जुम्ला जिल्लामा यो जात्रा वि.सं १९५३ सालदेखि निरन्तर मनाउदैँ आएको हाे । भदौ कृष्ण प्रतिपदाका दिनदेखि सुरु भएको जात्रा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट लाखे काटेपछि मात्रै सकिन्छ ।
जात्राको पहिलो दिन मंगलबार जिल्लाको सदरमुकाममा गाईजात्रा देखाईएको छ । गाईजात्रा दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाईजात्रा निकालिने गरिन्छ । एक हप्ता लामो जात्रामा विभिन्न क्षेत्रबाट जात्रा हेर्न हजारौको सङ्ख्या भक्तालुजन जिल्लामा भित्रिने चलन रहेको छ ।
गाईजात्रा करिब एक साता निरन्तर चल्ने जात्रा व्यवस्थापन समितिका महासचिव आनन्द अधिकारीले बताए । उनका अनुसार पहिलो दिन गाईजात्रा बिभिन्न उच्च पदमा रहेका ब्यक्ति सुरक्षा निकाय सहित चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतको घरबाट जात्राको प्रारम्भ भएको हो ।
.jpg)
यो जात्रा आगामी भदौ ११ गतेसम्म निरन्तर रूपमा चलिरहने छ । यो वर्षभित्र यस जिल्लामा विभिन्न कारणले मृत्यु भएका आफ्ना परिवारका सदस्यहरुको सम्झना स्वरूप मानिसलाई गाईको रुपमा सिँगारपट्टार गरेर गाईलाई नै मुख्य बजार क्षेत्रमा तिथि र विधिका साथ परिक्रममा गराउने चलन रहेको छ ।
लिच्छविकालका मल्ल राजा प्रताप मल्लले पुत्र शोकमा परेकी रानीलाई सान्त्वना दिनका लागि मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि रानीको मन शान्त हुन नसकेको र रानीलाइ खुसी बनाउन अनेक किसिमका उपाय समेत राजाले निकालेका थिए ।
.jpg)
यो जात्राको समयमा निकै नै भिडभाड र आपराधिक क्रियाकलाप हुने गरेकोले प्रहरीले समेत सुरक्षा व्यवस्थालाइ मजबुद बनाएको जुम्ला जिल्लाका डिएसपी छेदिलाल कामतीले बताए । एक हप्ता चल्ने जात्रामा गाईजात्रा पछि रोपाइँ जात्रा, सानो पल्टन जात्रा, मिम बादशाह जात्रा र ठूलो पल्टन तथा बाघ भालु जात्रालगायतका स्थानीय भाषा सांस्कृति झल्किने झाँक्री समेत देखाउने प्रचलन रहेकाे छ ।
यो जात्रा हेर्नका लागि सुर्खेत, कालीकोट, रुकुम, सल्यान र जाजरकोट जिल्लाका मान्छेहरूको उल्लेखनीय उपस्थिति रहन्छ । र यो समयमा जुम्लाका स्थानीय व्यापार व्यावसाय होटल व्यवसाय समेत चल्ने गर्दछ।
.jpg)
.jpg)