ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘भ्वाइस किड्स’ सिजन-३ को ग्राण्ड फिनाले आज  हुँदै

नेपालगाथा २०८१ भाद्र १ गते शनिबार १३:५६:३० मा प्रकाशित

काठमाडौँ । गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन ३ को ग्राण्ड फिनाले आज हुँदैछ । ‘भ्वाइस किड्स’को आफ्नै स्टुडियोमा बेलुका हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ। आज राती हुने फिनालेमा आठ जना फाइनलिस्टबीच प्रतिस्पर्धा हुँदैछ ।

चार जना कोचका दुई/दुईजना उपाधिका लागि भिड्दैछन् । जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा डोल्मा शेर्पा,  कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा छन् ।

‘भ्वाइस किड्स’को ग्राण्ड फिनाले बेलुका ८ बजेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top