होमपेज / कला / साहित्य
काठमाडौँ । गायिका शान्तिश्री परियारले दर्शक-श्रोतासँग माफी मागेकी छन् । आफ्नो पछिल्लो तीज गीत ‘बिस्ताराले पोल्यो’लाई लिएर व्यापक आलोचना र विरोध भएपछि गायिका परियारले बुधबार एक वक्तव्य जारी गर्दै दर्शक-श्रोतासँग माफी मागेकी हुन् ।
उनले वक्तव्यमा भनेकी छन् ‘श्रावण ११ गते प्रसारित “बिस्ताराले पोल्यो” भन्ने गीतमा मेरो आवाज रहेको छ । सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभएता पनि उक्त गीतको भिडियोको केही दृष्यांशहरुका कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरूमा धेरै नकारात्मक टिका टिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तकहरू प्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमाप्रार्थी छु’ ।
साउन ११ मा युट्युबमा रिलिज भएको तीज गीत ‘बिस्ताराले पोल्यो’मा शान्तिश्री र हरि गिरी ‘विमर्शी’को स्वर छ । गिरीकै संगीत रहेको गीत अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।