होमपेज / कला / साहित्य
काठमाडौँ । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बधाई तथा गितार उपहार दिएका छन् । आज बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई दिँदै गितार उपहार दिएका हुन् ।
प्रधानमन्त्रीकै निम्तामा बालुवाटार पुगेका उनलाई प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा प्रधानमन्त्री दाहालले परियारलाई गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनएको छ ।
प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दुखमा आफू साथमै रहेको समेत बताएका थिए ।
प्रधानमन्त्री दाहालले परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्न हौसला प्रदान गरे ।
शनिबार आयोजित ग्राण्ड फिनालेमा परियार विजेता बन्दै २५ लाख नगद र थुप्रै गिट्ट ह्याम्पर जितेका थिए ।