होमपेज / कला / साहित्य
काठमाडाै । लाेक गायक विक्रम बिसीले 'बाइजाउँ छाेर्याट्टी' देउडा गीत सार्वजनिक गर्नुभएकाे छ । केटाले केटीलाई राेमान्चक तरिकाले अब बाइजाउँ भन्दै गाइएकाे याे गीतमा विलाैना पाेखेकाे पाइन्छ ।
खासगरी सुदूरपश्चिम प्रदेशकाे अछाम जिल्लामा गाइने याे देउडा गीत बिक्रम बिसीकाे आफ्नै शब्द संकलन र स्वरमा रहेकाे छ । ५० काे दशकमा रेडियाे नेपालबाट स्वरपरीक्षा पास गरेर गायन क्षेत्रमा लाग्नुभएका बिसीले रेडियाे नेपालमा करिब एक दर्जन बढी लाेकगीत र देउडा गीत रेकर्ड गराइसक्नुभएकाे छ।
'बाइजाउँ छाेर्याट्टी' देउडा गीत शुक्रबार बेलुकी ५ बजे गायक बिक्रम बिसीकाे आधिकारिक युट्युव च्यानल Bikram BC बाट सार्वजनिक गरिएकाे हाे ।
गीत सुन्न र हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेला ।
https://www.youtube.com/watch?v=mhtXzE6y3HI