ट्रेण्डिङ

होमपेज / कला / साहित्य

इतिहासकार नेपालको निधन

नेपालगाथा २०८१ जेठ १ गते मंगलबार १४:१५:०० मा प्रकाशित

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको  निधन भएको छ । ९१ वर्षका नेपालको मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो ।  नेपालको पत्नीको केही वर्षअघि  निधन भइसकेको थियो । उनका दुई छोरा छन् ।

उहाँको चर्चित पुस्तक 'नेपालको महाभारत'  हो । त्यस्तै नेपाल निरुक्त, यात्रा त्रयी, नेपालनिरुपण, नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष' पनि नेपाललेका उल्लेखनीय पुस्तक हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top