ट्रेण्डिङ

होमपेज / कला / साहित्य

बिक्रम बिसीकाे "त्यो भेरी तिरैमा" सार्वजनिक हुँदै

नेपालगाथा २०८१ बैशाख २० गते बिहीबार १०:२१:०३ मा प्रकाशित

काठमाडाैं । लाेकगायक बिक्रम बिसीकाे शब्द र स्वरमा रहेको "त्यो भेरी तिरैमा" बोलको लोकगीत आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । उक्त गीत बिक्रम बिसीकाे अफिसियल युट्युब च्यानल "Bikram BC" मा सार्वजनिक हुने गायक बिसीले जानकारी दिनुभएकाे छ । 

सुर्खेतकाे पञ्चपुरी घर भएका बिसी विगत लामाे समयदेखि काठमाडाैंमा बस्दै आउनुभएकाे छ । बिसीले २०५० काे दशकदेखि रेडियाे नेपालबाट गायन यात्रा शुरु गर्नुभएकाे हाे । तत्कालिन समयमा "घुमाउराे घुमाउराे कर्णाली", "बर्दिया लै सम्म" लगायत थुप्रै लाेकगितहरु रेडियाे नेपालमा रेकर्ड गराइसक्नु भएका बिसीले कार्यव्यस्तताका कारण केही समय गायन क्षेत्रबाट बिश्राम लिनुभएकाे थियाे । बिसीले अहिले फेरि गायन क्षेत्रलाई निरन्तरता दिन थाल्नु भएकाे छ । उहाँले यस अघि भर्खरै मात्र "अछाम जिल्ला तेरा मेरा" भन्ने अछामी भाषाकाे गीत सार्वजनिक गरिसक्नुभएकाे थियाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top