ट्रेण्डिङ

होमपेज / कला / साहित्य

सुर्खेतमा चलचित्र महोत्सव हुँदै  

नेपालगाथा २०८१ बैशाख ५ गते बुधबार २०:५४:५१ मा प्रकाशित

कमल कसेरा, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा यही वैशाख ७ र ८ गते सुर्खेतमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सव (नियुफ) २०८१ शुरु हुने भएको छ ।  

नेपाल तथा युरोपियन युनियनको दौत्य सम्बन्ध स्थापना भएको ५०औ वार्षिकोत्सवको सन्दर्भ पारेर नेपाल युरोपियन युनियन चलचित्र महोत्सव (नियुफ) को १३औ संस्करण आयोजना हुन लागेको हो । देशका सातै प्रदेशमा सञ्चालन भइरहेको यो कार्यक्रम कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा वैशाख ७ र ८ गते सञ्चालन हुने आयोजकले बताएको छ ।

सुर्खेतमा प्रदर्शनका लागि तयारी गरिएका ११ वटा लघु चलचित्रहरु लघु चलचित्र प्रतियोगिताबाट छनौट गरिएका चलचित्र हुन् । 

सुर्खेतमा प्रदर्शनका लागि तयारी गरिएका ११ वटा लघु चलचित्रहरु लघु चलचित्र प्रतियोगिताबाट छनौट गरिएका चलचित्र हुन् । 

वैशाख ७ गते कार्यक्रमको पहिलो दिन ७ वटा चलचित्रहरु प्रदर्शन हुनेछन् । जसमा निर्देशक शान्ता नेपालीको लघु चलचित्र ‘ध्येय ड्रिम्स्’, निर्देशक रजिन महर्जनको ‘लेट्स् टक पिरियड’ र निर्देशक मेरिएन ब्लिचरको ‘मिस भिबोर्क’ चलचित्र प्रदर्शन हुनेछन् । निर्देशक समल बज्राचार्यको नेपाली लघु चलचित्र ‘हावाम्यान’ निर्देशक रोकरिगो सोरोगोयेनको ‘द बिस्ट्’ पनि प्रदर्शन हुनेछन् । 

चलचित्र ‘द बिस्ट्’ एउटा फ्रेन्च जोडी प्रकृतिसँग नजिकको सम्बन्ध बनाउनका लागि एउटा ग्यालिकन सहरमा बसाई सर्छन् तर छिमेकीको द्वन्द्व चरम विन्दुमा पुगेको कथा रहेको छ । 

यसैगरी निर्देशक अतिन श्रेष्ठको नेपाली लघु चलचित्र ‘मखमली उडान’ र निर्देशक जेडिया बर्गाेथको ‘टोभ’ चलचित्र पनि ७ गते नै प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ । टोभले दोस्रो विश्व युद्धको अन्त्यदेखि सन् १९५० को दशकको बीचसम्मको समयमा टोभ यानस्नको जीवनको शुरुवाती चरणको जीवन कथालाई देखाइएको छ । 

चलचित्र महोत्सवमा सबै चलचित्रहरु निःशुल्क रुपमा हेर्न सकिने छ । आयोजकले दर्शहरुका लागि लक्की ड्र मार्फत आकर्षक उपहारको समेत व्यवस्थापन गरेको छ । 

यसैगरी कार्यक्रमको दोस्रो दिन वैशाख ८ गते शनिबारका दिन निर्देशक स्वयन मास्के मानन्धरको नेपाली लघु चलचित्र ‘द बल, द काउ एण्ड द काफ’, निर्देशक पिलार रालोमेरोको स्कुलगल्र्स् पदर्शन हुनेछन् । स्कुलगल्र्स ११ वर्षीया सेलियाको कथा हो जो सन् १९९२ को मिसनरी स्कुलमा पढ्ने कथासँग सम्बन्धित रहेको छ ।

निर्देशक ङ्गिमा गेलु शेर्पाको नेपाली लघु चलचित्र ‘काठमाण्डु मनसुन’, निर्देशक एन्टोनियो लुकिचको ‘लग्जेम्वर्ग, लग्जेम्वर्ग’, निर्देशक अनिल कुर्मीको नेपाली लघु चलचित्र ‘फेरा’ र निर्देशक इम्यानुअल पार्भूको ‘मिकाडा’ लगायत ४ वटा चलचित्र प्रदर्शन हुनेछन् । 

चलचित्र महोत्सवमा सबै चलचित्रहरु निःशुल्क रुपमा हेर्न सकिने छ । आयोजकले दर्शहरुका लागि लक्की ड्र मार्फत आकर्षक उपहारको समेत व्यवस्थापन गरेको छ । 

५०औं वार्षिकोत्सवको सन्र्दभ पारेर देशभर १२ वटा नेपाली लघुचलचित्र र ९ वटा युरोपेली चलचित्र गरी कुल २१ वटा चलचित्र देशभर प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top