ट्रेण्डिङ

होमपेज / कला / साहित्य

अनु चौधरी र हसन राईको 'यी आँखालाई' सार्वजनिक

नेपालगाथा २०८० चैत्र २४ गते शनिबार १४:५२:४७ मा प्रकाशित

काठमाडौं । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत 'यी आँखालाई' सार्वजनिक भएको छ ।लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहकोको सम्पादन रहेको छ ।

भिडियोलाई म्युजिक जक्सन नेपालकाे यु ट्युब च्यानलबाट रिलिज गरिएको हो । लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा लागेका गायक हसन राईको यस अघि पनि धेरै गीतहरु सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top